पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन्...