हेटौंडा :आगामी आर्थिक वर्ष ०७९/८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ।आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन ग