अब बालेनले नक्सा पास नगरी बनाईएका घरका सीमा पर्खाल भत्काउने, ३५ दिने सूचना आह्वान

काठमाडौँ महानगरपालिकाले अब सीमा पर्खाल नियमित गर्ने तथा अनधिकृत सीमा पर्खाल हटाउने अभियान सुरु गर्ने भएको छ। यस बारे काठमाडौँ महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना समेत जारी गरेको छ ।काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड (भवन भन्नाले कम्पाउन्ड वाल समेतलाई जनाउने कानूनी व्यवस्था छ) ले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खाल (कम्पाउन्ड वाल) को नक्सा पेस गरी प्रचलित कानून बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा कतिपय पर्खालहरू नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकुल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन महानगरले आग्रह गरेको छ ।  ३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगर कार्यालयबाट टोली खटी आई त्यस्ता सीमा पर्खाल हटाइने महानगरले जनाएको छ । महानगर कार्यालयबाट टोली खटी आई त्यस्ता सीमा पर्खाल  हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरले प्रष्ट पारेको छ। 

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काउने

१३ मंसिर, चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो । महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको […]

ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका कामको सर्वत्र सकारात्मक प्रभाव पर्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो । नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, […]

नक्सा पास बिना बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड विपरीत बनाइएका पर्खाल हटाउन ३५ दिने सूचना निकालेको छ । महानगरले नगर क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्डले तोके बमोजिम घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा नभएको पाएपछि ३५ दिने सूचना निकालेको हो ।

वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौरदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । ३५ दिने सूचना !

सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउन वीरगञ्ज महानगरको ३५ दिने सूचना

२१ भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । हेर्नुहोस् सूचनाः

काठमाडौंपछि पोखरा महानगरपालिका पनि तात्यो, पार्किङबारे ३५ दिने सूचना

पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाइरहेका बेला पोखराले पनि त्यस्तै अभियान थाल्न लागेको हो। काठमाडौंले पार्किङ प्रयोजनको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा लगाइएका संरचना हटाउन थालेको हो । यही क्रममा पोखरा महानगरपालिकाले पनि एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको लागि लगाउन घरधनीलाई भनेको हो । महानगर क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा

हेटौँडामा कानुन विपरीत बनाइएका संरचना हटाइने

हेटौंडा : हेटौंडामा कानुन विपरीत बनाइएका संरचना हटाइने भएको छ। काठमाडौंमा कानुन विपरीत बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाले पनि कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो।उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको मेयर मीना कुमारी लामाले जानकारी दिइन्।लामाले मुख्य सडकको छेउमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू पनि ३५ दिने सूचना प्रकाशन गरी हटाउने काम सुरु गरिने बताइन्। उनले अब उप

अण्डरग्राउण्ड पार्किङ खुलाउन नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्सको संरचना

काठमाडौँ। नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । काठमाडौँ महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी […]

भवनको नक्सा पास भए अनुसार प्रयोग नभए कारबाही गर्ने काठमाडौँ महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई […]

नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ। गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सा पास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ । ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा […]