काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । १७ कात्तिकमा काठमाडौं मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको ग्रुपले जनाएको छ । शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य […]
रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो। शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
मकवानपुर– हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । २१ फागुनबाट विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी […]
विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका