विदेशी लगानीकर्ता भारतबाट अन्यत्र सर्दै

एजेन्सी। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट ४,४४४ करोड रुपैयाँ निकालिसकेका छन्। मर्निङ स्टार इन्डियाका एसोसियट डाइरेक्टर हिमांशु श्रीवास्तव भन्छन्, ‘‘महामारीको दोस्रो लहरबाट अर्थतन्त्रमा पर्ने असरका कारण चिन्तित विदेशी लगानीकर्ताले सेयरबजारमा लगानी गर्नबाट जोगिन थालेका छन्।’’

सम्बन्धित सामग्री

विद्युत् आयात निर्यातमा सहजता

नेपालको विद्युत् उत्पादन बढ्दै जाँदा भारतीय बजारमा यसको विक्रीका लागि केही सहज वातावरण बन्दै जान थालेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्जबाट विद्युत् किन्न पाउने गरी यसको सदस्य बन्न पाएको छ । यसले विद्युत् किन्नका लागि सहज बनाएको छ तर यसैमार्फत आगामी दिनमा विक्रीका लागि पनि बाटो खुलाउन सकिन्छ । भारतले त्यति बेलामात्रै नेपालसँग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायतले नेपालको विद्युत् नै महँगो छ । प्राधिकरण भारतीय विद्युत् एक्सचेन्जको सदस्य बन्नु विद्युत् किनबेचका लागि महत्त्वपूर्ण हो । तर, यो मात्रै पर्याप्त हुने देखिँदैन । नेपालले विद्युत् निर्यातको सपना देखेको दशकौं बितिसकेको छ । भारतमा मात्र होइन, बंगलादेशसँग समेत विद्युत् विक्रीका लागि पहल गरिरहेको छ र उसले यसका लागि सहमतिसमेत जनाइसकेको अवस्था छ । भारतसँग विद्युत् किनबेचका लागि पटकपटक गरी खुकुलो बनाइँदै छ । किनबेचका लागि भइरहेका पहल सकारात्मक देखिए पनि तिनको गति भने निकै सुस्त छ । यसो हुनुमा नेपालले पर्याप्त तयारी नगरी वार्तामा बस्नु र भारतीय पक्षले कुनै नयाँ विषय उठाएपछि त्यसको विषयमा निर्णय दिन नसक्नु एउटा प्रमुख कारण हो । भारतले नेपालप्रति जति आत्मीयता देखाए पनि व्यवहारतः ऊ आफ्नो स्वार्थबाट एक इन्च पनि तलमाथि गर्ने गरेको छैन । यसो गर्नु उसका दृष्टिबाट सही नै होला तर त्यसैअनुसार नेपालले आफ्नो रणनीति बनाएर उसलाई विश्वस्त पार्न नसकेको देखिन्छ । तैपनि पछिल्ला समय भारतले नेपालको केही चासोलाई सम्बोधन गर्न थालेको देखिन्छ । विद्युत् किनबेचमा भइरहेका प्रगति नै यसको उदाहरण हो । अब नेपालले विद्युत् विक्रीका लागि पनि यो एक्सचेजमार्फत पहल बढाउन आवश्यक छ । अहिलेको अवस्थामा भारतले विद्युत् किन्न सहमति दिए पनि त्यसका लागि नेपाल तयार भएको अनुभूति हुँदैन । पहिलो त नेपालले कहिलेसम्म कति परिमाणमा विद्युत् विक्री गर्न सक्छ भन्ने कुनै फ्रेमवर्क देखिँदैन । अर्को, अहिले वर्षायाममा रातको समयमा विद्युत् खेर गइरहेको छ भने बढी माग भएको समयमा भारतबाट आयात गर्नुपर्ने बाध्यता अझै केही वर्ष हट्ने सम्भावना देखिँदैन । बजार नहुँदा ठूला विदेशी लगानीकर्ता हिचकिचाएको अवस्था पनि छ । बजार सुनिश्चित भए ठूलो लगानी भित्रिने सम्भावना नभएको होइन । तर, भारतले आफ्नो रणनीतिक स्वार्थ बाझिने मुलुकको लगानीबाट उत्पादित बिजुली नकिन्ने नीति नै बनाएको छ । यस्तोमा भारतलाई विश्वासमा लिएर बजारको सुनिश्चिता खोज्नु आवश्यक छ । विद्युत् प्राधिकरण विद्युत् विक्रीका लागि प्राविधिक, व्यवस्थापकीय र प्रतिस्पर्धी क्षमताका आधारमा अपरिपक्व छ । यसको उदाहरण केही समयअघि भारतको दिल्लीस्थित डीआरपीएल नामको वितरण कम्पनीले आह्वान गरेको ठेक्कामा बढी मूल्यकै कारण प्राधिकरण पहिलो चरणमै बाहिरिएको थियो । २५ मेगावाट विद्युत् आपूर्तिका लागि उसले कबोलेको मूल्य निकै बढी भएकाले बाहिरिन परेको बताइन्छ । नेपालले कति मूल्यमा भारतीय कम्पनीलाई विद्युत् बेच्न सक्छ भन्ने कुनै अध्ययन भएको छैन । नेपाल भारतलाई विद्युत् बेचेर उन्नतितर्फ लागेको भुटानबाट लोभिएको देखिन्छ । तर, भुटानले कति मूल्यमा भारतलाई बिजुली बेचेको छ, उसको लागत कति छ भन्नेमा समेत अध्ययन गरेको पाइँदैन । भारतले त्यति बेलामात्रै नेपालस“ग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायत नेपालको विद्युत् नै महँगो छ । भारतले सौर्य ऊर्जामा ठूलो लगानी गरेको छ । २०२२ सम्ममा उसले १७५ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ जुन २०३० सम्ममा ४५० गिगावाट पुर्‍याइनेछ । जलविद्युत्भन्दा सौर्य ऊर्जाको लागत सस्तो पर्छ र यसमा प्रविधिको सुधार हुँदै जाँदा स्टोर गर्न पनि सस्तो हुँदै जाने देखिन्छ । त्यसैले नेपालले मूल्यमा थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपालले निर्यातका लागि ढिला गरे भारतीय बजारले विकल्प खोजी सक्ने हुँदा त्यसैअनुसार अघि बढ्न ढिला गर्नु हुँदैन ।

भारतमा भड्किएका विदेशी लगानीकर्ता ताइवान र दक्षिण कोरियातिर मोडिए

एजेन्सी। कोरोनाको बढ्दो असरका कारण थुप्रै लगानीकर्ता अहिले भारतबाट हात झिकेर ताइवान र दक्षिण कोरियातिर सोझिएका छन्। आर्थिक वर्ष २०२०-२०२१ मा भारत विदेशी लगानीकर्ताको ध्यान केन्द्रित गर्न सफल थियो। तर, कोरोनाले पुनः असर गर्न थालेपछि लगानीकर्ता भड्किएका हुन्। अहिले डलरको तुलनामा भारुको मूल्यसमेत घटेका कारण लगानीकर्ताको ध्यान अन्तै मोडिएको हो।