जेठ ३, काठमाडौं। साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ८४ दशमलव ९० अंक अर्थात ३ दशमलव ६१ प्रतिशत घटेर २ हजार २६५ दशलमव ५२ विन्दुमा झरेको छ ।
यस अवधिमा कारोबारमा आएका २२१ धितोपत्रको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर ३३ हजार ६११ पटकमा रू. १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ दशलमव ८६ बराबरको शेयर खरीदविक्री भएको छ ।
चुनाव अगाडि बजार लगातार चार दिन बढेको थियो । त्यसपछि भने पुन : बढेको बजारमा प्रोफिट बुक गर्ने हावी हुँदा बजार प्रभावित बनेको छ ।
यसोत लामो समयदेखि वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर पनि वृद्धिले गर्दा शेयर बजारमा प्रभाव पारेको छ ।
कारोबारमा आएका २२१ धितोपत्र मध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ४ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३९६ मा पुगेको छ ।
त्यसैगरी दोस्रोमा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य २ प्रतिशत बढेर रू. १ हजार ९४१ दशमलव ९० पुगेको हो । त्यसैगरी मंगलवार तिन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
युनाइटेड इन्स्योरेन्स,लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लगोको हो । यी तिनओटै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७८ दशमलव ८०,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको रू.५५४ दशलमव ४० र सूर्योदय वोमी लघुवित्तको रू. १ हजार ११२ दशमलव ५० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको हो । कम्पनीको रू. ९ करोड ७९ लाख बराबरको शेयर खरीद विक्री भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २७० कायम भएको हो ।
त्यस्तै सर्वाधिक शेयर खरीद विक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. ५ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।
समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ५ दशमलव ८३ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको २ दशलमव ३९ प्रतिशत,विकास बैंक समूहको ४ दशमलव ०१ प्रतिशत,वित्त समूहको ५ दशमलव ७५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५८ प्रतिशत,हाइड्रोपावर समूहको ५ दशमलव २८ प्रतिशत,लगानी समूहको ३ दशमलव ३७ प्रतिशत घटेको छ ।
त्यस्तै जीवन बीमा समूहको ४ दशमलव ९८ प्रतिशत,उत्पादन प्रशोधन समूहको २ दशमलव ०३ प्रतिशत,लघुवित्त समूहको २ दशमलव ९८ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ५८ प्रतिशत,निर्जीवन बीमा समूहकमो ४ दशमलव ६९ प्रतिशत र ब्यापार समूहको समूहगत परिसूचक २ दशलमव ९५ प्रतिशतका दरले घटेको हो ।