जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियानलाई फेरि ब्युँताएका छन् । स्थानीय तहको चुनावअघि पनि उनले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए । त्यतिबेला उनले पार्टीको बैठक बोलाउनका लागि दबाबस्वरुप हस्ताक्षर सङ्कलन गरेको प्रतिक्रिया दिएका थिए ।जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नबोलाएका कारण आफूहरूले हस्ताक्षर अभियानमार्फत बैठक बोलाउन दबाब दिन लागेको उनको भनाइ थियो । पार्टीमा देखिएको विवाद चुनावसम्म थाँती