परिवारको सदस्य जागिरे भएपछि एमसीसीको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश

७ साउन, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी रिट निवेदन आइतबार न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन । न्यायाधीश सुष्मालता माथेमा र हरि फुयालको इजलासमा परेको उक्त रिट न्यायाधीश माथेमाले ‘हेर्न नमिल्ने’ भनी आदेश गरेकी हुन् । कानून व्यवसायीहरुले बहस सुरु गर्न खोजेपछि न्यायाधीश सुष्मालता माथेमा एकाएक रोकिएकी थिइन् । अधिवक्ता स्वागत नेपालका […]

सम्बन्धित सामग्री

१२ वर्षदेखि ‘नभ्याइने, हेर्न नमिल्ने’ मुद्दा’ चैत ८ मा फैसला

सर्वोच्च अदालतमा रहेको १२ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा चैत ८ मा निर्णय सुनाउने मंगलबार आदेश भएको छ।...

नागरिकता ऐन सम्बन्धी मुद्दामा मंगलबार पनि भएन सुनुवाइ

काठमाडौं । नागरिकता ऐन सम्बन्धि मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । यसअघि न्यायाधीश शर्माको इजलासले नै नागरिकता ऐन सम्बन्धि रिट निवेदनमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेकोले सो आदेशमा निरन्तरता दिनेकी […]

लम्बिँदै भ्रष्टाचारका पुराना मुद्दा

काठमाडौं, बैशाख ९ । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी पुराना मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन्। भ्रष्टाचारसम्बन्धी हाई प्रोफाइल मुद्दा समयमा पेसी नचढ्ने, पेसी चढे पनि हेर्न नमिल्ने, हेर्न नभ्याइनेमा पर्दा झन् लम्बिँदै गएका छन्। दुईव वर्षपछिसुनुवाइमा परेको नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, हरिप्रसाद […]

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौँ । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा […]

लामो समयदेखि सर्दै आएको आलमको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद अफताब आलमको मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा शुक्रवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । २०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पन...

भिष्मराज ढुंगानाको मुद्दा आजको पूर्ण इजलाशले हेर्न नमिल्ने

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्ने भएको छ  । आज बिहिबार न्यायधीशहरु अनिल कुमार सिंह, टंकबहादुर मोक्तान र डा, मनोजकुमार शर्माको पूर्ण इजलाशमा  यस मुद्दाको पेसी तोकिएको थियो । तर डा. शर्माले यो मुद्दा हेर्न नमिल्ने भएपछि इजलाश नै बसेन ।   यस अघि मङ्सिर २१ गते सर्वोच्चले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि पुस ७ गते न्यायधीशहरु प्रकाशमान सिंह र डा. कुमार चुडालको राय बाझिएको थियो । राय बाझिएपछि आज पूर्ण इजलाशमा आपसी तोकिएको थियो । पूर्ण इजलाशमा राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुने ब्यबस्था छ। अब अर्को पूर्ण इजलाशमा यस मुद्दाको सुनुवाई हुने छ ।  सरकार गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले कार्तिक ७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका छन् । उनले आफुलाई बोर्ड अध्यक्षमा पुनर्बहालीको माग राखेका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

गोला प्रथाको पहिलो दिन नौ मुद्दामा आदेश

सर्वोच्च अदातमा बुधबार गोलाप्रथाबाट पेशी तोकिएको २१७ मुद्दामध्ये नौ मुद्दामा आदेश जारी भएको छ । सर्वोच्चका अनुसार चारमा फैसला, नौमा आदेश, ३६ मा स्थगित, एकमा हेर्न नमिल्ने र १२२ हेर्न नभ्याइने सूचीमा राखिएको छ । गोला प्रथाबाट बुधबार दुई एकलसहित ११ संयुक्त इजलास तोकिएको थियो । गोला प्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ ।

आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।  बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।