स्वदेशी उत्पादनले पाउँदैन बजार

बजारमा स्वदेशी उत्पादनले बजार नपाइरहँदा आयातित तरकारीले भने मूल्यदेखि भान्सासम्म रजगज चलाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार स्वदेशमा उत्पादित तरकारीले लागतअनुसारको मूल्य नपाउँदा आयातित तरकारीको मूल्यले भने धेरै दाम पाइरहेको हो ।नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा स्वदेशी उत्पादनले बजार नपाएको बताउँछन् । ‘नेपालका किसानले उत्पादन गरिरहेको तरकारी मूल्य पाइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘भारतीय तरकारीले उच्च दाम पाइरहेका छन् ।’ उनले नेप

सम्बन्धित सामग्री

बजारमा स्वदेशी उत्पादन

‘जुम्लाको स्याउले काठमाडौँमा बजार पाउन सकेन । किन हो किन, नेपाली बजारमा अर्गानिक स्याउ बिक्दैन ।

चाडपर्व नजिकियो, तर स्वदेशी माछा र केरा बिकेन

नेपालमा मनाइने मुख्य चार्डपर्व नजिकिँदै गर्दा स्वदेशमै उत्पादन भएको माछा र केराले बजार पाउन सकेका छैनन् । भन्सार छलेर भित्र्याइएका भारतीय केरा र माछाले नेपाली बजार ओगट्न थालेपछि स्वदेशी उत्पादन बिक्री...

प्रधानमन्त्रीले सार्वजनिक गरे नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक अवधारणा पत्र

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा गरेका छन् । स्वदेशी उत्पादन बढाउन र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न सरकारले यस्तो अवधारणा ल्याएको हो । प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको अवधारणामा अबको १० वर्षपछि कुल गार्हस्थ उत्पादनमा उत्पादनमुलक उद्योगको योगदान १५ प्रतिशत पुर्याउने भनिएको  । अहिले उत्पादनमुलक उद्योगको योगदान ५.९ प्रतिशत छ ।अवधारणामा उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने भनिएको छ । यो अवधारणाको लक्ष्य

उत्पादन बढाउने बजेटको नीति नै विवादमा

सरकारले गर्वका साथ घोषणा गरेको ‘स्वदेशी उत्पादन दशक’ सुरु नहुँदै थला पर्ने भएको छ । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नारा यसअघिका बजेटमा पनि हुने गर्थे । यसपटक कोरोना कहरले करिब दुई वर्ष संसार ठप्प हुँदा नेपालमा आयात नहुँदा जसरी बजार तथा अर्थतन्त्र पनि ठप्प भयो । अनि पछिल्लो समय रूस तथा युक्रेनबीचको युद्धले जसरी संसारभर […]

नक्कली चुरोट रोक्न माग

काठमाडौं (अस) । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न उनीहरूले माग गरेका छन् । चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम हुँदै गर्दा पर्यटक आउने क्रम बढेको र योसँगै गैरकानुनी रुपमा आयातित चुरोटको व्यापार पनि बढ्ने बताएको छ । कम्पनीका एक अधिकारीले बजारमा गैरकानूनी रूपमा (चोरी पैठारी) भित्रिएका चुरोटको विक्री वितरण हुँदै आएको बताए । ‘जसले गर्दा स्वदेशी उद्योगको उत्पादनले बजार र सरकारले राजस्व गुमाएको छ,’ उनले भने, ‘चोरी पैठारी नरोक्ने र कर पनि बढाउने हो भने गुट्खा जस्ता अन्य वस्तुको खपत बढ्ने र त्यसबाट राज्यलाई राजस्व प्राप्त हुँदैन ।’ काठमाडौंका बजारमा नक्कली चुरोटको विक्री बढेको पनि कम्पनीले उल्लेख गरेको छ । पर्यटकलाई लक्षित गरेर अन्तरराष्ट्रिय ब्रान्डका चुरोट अहिले बजारमा आएको ती अधिकारीले बताए । ‘कर बढाउँदा चुरोटको उपभोगमा पनि फरक आउँछ,’ उनले भने, ‘कर बढाउँदा सबै वस्तुस्थिति मूल्यांकन गरेर मात्र निर्णय गर्नुपर्छ भने अर्काेतर्फ राज्यले सुर्तीजन्य वस्तुमा एकतर्फी रूपमा कुनै निर्णय गर्न हुँदैन ।’ स्वदेशी सुर्तीजन्य वस्तु उत्पादनको अवस्थालाई विश्लेषण गरेर मात्रै सरकारले नीति लिनुपर्ने बताइएको छ । सुर्तीजन्य वस्तुमा लागेको कर कम भनिए पनि सबैभन्दा बढी विक्री हुने सूर्य नेपालको पाइलट चुरोटमा ७० प्रतिशत कर तिर्नुपरेको उनले बताए । कर बढाउँदा चुरोटको मूल्य बढी हुने र यसले उपभोक्ता गुट्खाजस्ता अन्य सुर्तीजन्य वस्तुको उपभोगमा जाने र राजस्व संकलन पनि घट्ने उनले बताए । यसैगरी नेपालमा २ तरीकाले चुरोटको गैरकानुनी व्यापार हुँदै आएको भन्दै उनले भने, ‘काठमाडौं, पोखरा लगायत ठूला शहरमा गैरकानूनी रूपमा अन्तरराष्ट्रिय ब्रान्डको व्यापार हुने र अर्को तर्फ सीमावर्ती क्षेत्रमा भारतबाट नेपाली ब्रान्डकै नक्कली चुरोट पैठारी भएको छ ।’ हाल चुरोटमा कुल विक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्दै आएको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्धिकर, भन्सारलगायत कर लाग्छ ।

स्वदेशी उत्पादन सकिएपछि सुन्तलाको मूल्य बढ्यो, थोक बजारमै किलोको १६० रुपैयाँ !

माघ १९, काठमाडौं।  नेपाली बजारमा सुन्तालाको सिजन सकिनै लाग्दा मूल्य भने उकालो लाग्न थालेको छ। गत पुसमा प्रतिकिलो न्यूनतम १२० रुपैयाँमा विक्री भएको सुन्तलाको मूल्य माघमा प्रतिकेजी १६० रुपैयाँसम्म पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको खुद्रा व्यापार गर्दै आएका व्यापारी राजेश अधिकारीका अनुसार सामान्यतया सुन्ताला असोज महीनादेखि फागुनसम्म नेपाली बजारमा पाईने गर्छ। ‘नेपाली सुन्तला सिजनमा मात्रै पाइन्छ’, उनले भने, ‘अन्य समयमा भने भारतीय सुन्तलाकै वर्चश्व रहने गर्दछ।‘  भारतीय सुन्तालाको तुलनामा नेपाली सुन्तालाको खपत बढी हुन्छ । नेपाली उपभोक्ताले नेपाली सुन्तालानै बढी रुचाउने गर्छन् त्यसैले पनि नेपाली सुन्तालाको माग बढि भएको व्यापारिहरु बताउँछन् । काठमाडौंको बजारहरुमा भारतीय सुन्तला असोज महीनादेखि भित्रिने गर्छन् । नेपाली सुन्तला आएसँगै भारतीय सुन्तलाको मूल्य घट्ने गर्छ। नेपाली सुन्तला कात्तिक महीनापछि मात्रै बजारमा आउने हुँदा असोजमा भारतीय सुन्तला महगो हुने गरेको कालिमाटी फलफूल बजारका खुद्रा व्यापारी श्याम रेग्मी बताउँछन् । ‘ असोज महीनामा भारतीय सुन्तला महँगो हुन्छ’, उनले भने, ‘नेपालि सुन्तला बजार भित्रिएपछि ग्राहकले भारतीय सुन्तला खासै किन्दैनन् ।‘   सिजमा मात्रै बजारमा आउने नेपाली सुन्तलाको सिजन सकिनै लाग्दा भारतीय सुन्तलाको मूल्य फेरि उकालो लागेको छ। पुस महीनामा भारतीय सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम १०० सम्म रहेको थियो । अहिले उक्त सुन्तालाको मूल्य प्रतिकिलो न्यूनतम  १२० देखि अधिकतम १३० सम्म विक्री भइरहेकोछ ।  कालिमाटी बजारमा भारतलगायत नेपालका विभिन्न जिल्लाबाट सुन्तला भित्रिने गरेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले नेपालमा सुन्तालाको राम्रो उत्पादन हुने हो भने भारतबाट आयात गर्नु नपर्ने बताए । नेपालमा सिजनका बेलामा मात्र उत्पादन हुने तथा उत्पादन भएको सुन्तलालाई भण्डार गर्न नसकिएको कारण नेपाली बजारमा भारतीय सुन्तला छिट्टै आउने र पछिसम्म विक्री भइरहेको बताए। ‘हामीसँग भण्डारणको उचित व्यवस्था छैन’ उनले भने, ‘भारतमा लामो समय भण्डारण भएर नेपाली बजारमा भारतीय सुन्तला आइरहेको छ।’

विराटनगरमा ‘विन्टर फुटवेयर’महोत्सव शुरू

विराटनगर (अस) । ‘मेरो देश मेरै उत्पादन’ अभियान अन्तर्गत विराटनगरमा स्वदेशी जुत्ताचप्पल कम्पनीहरूले ‘विन्टर फुटवेयर’ महोत्सव शुरू गरेका छन् । पुस २ गतेदेखि शुरू भएको मेला एक महीनासम्म चल्नेछ । मेलामा जुत्ताचप्पल खरीद गर्दा उपभोक्तालाई ६० प्रतिशतसम्म छूट दिइएको छ । स्वदेशी उत्पादन प्रयोगमा उपभोक्तालाई प्रोत्साहन गर्न उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा ‘मेरो देश मेरै उत्पादन’ अभियान शुरू गरेका छन् । विराटनगरको भाटभटेनी सुपर स्टोर परिसरमा सञ्चालित महोत्सवमा युनाइटेड लेदर, शिखर शुज र हाइलाइफ ब्रान्डका १५ सयभन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रदर्शनीमा राखिएका छन् । नेपाली उपभोक्ताले स्वदेशी उत्पादन आकर्षक र गुणस्तरीय नभएको भन्दै विदेशी उत्पादन मात्र रोज्ने गरेकाले गुणस्तरीय उत्पादन परीक्षण गरून् भन्ने सोचले ६० प्रतिशतसम्म छूट दिएर महोत्सवको आयोजना गरिएको हाइलाइफका बजार व्यवस्थापक राघव बिहानीले बताए । अहिले तीनओटा कम्पनी मात्रले आफ्नो आधिकारिक डिलर मार्फत स्टल राखे पनि केही समयपछि नेपालका अन्य कम्पनीहरू समेत थपिने उनले बताए । फुटवेयर महोत्सवका संयोजक समिम खानका अनुसार एउटै छानामुनि सबै प्रकारका जुत्ताचप्पल उपलब्ध गराउन महोत्सव आयोजना गरिएको हो ।

औषधिमा आत्मनिर्भर बन्न नीति तथा कानूनमा परिमार्जन आवश्यक : औषधि उत्पादक

भदौ १९, काठमाडौं । औषधी उद्योगीहरुले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुकुल वातावरण बनाउनुपर्ने सुझाव दिएका छन् ।    नेपाल औषधि उत्पादक संघ(एपोन) का नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा नेपाल  उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वागत कार्यक्रममा औषधि उद्योगीहरूले औषधि लगायत उद्योग व्यवसायसँग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन्, तीनको प्रस्तावनामै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खाँचो रहेको बताए  । नेपालमा केहि वर्ष अघिसम्म करीब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करीब ५० प्रतिशत पुगेको पनि उनीहरुले बताएका छन् । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्न आवश्यक रहेको पनि उनीहरुको भनाइ छ ।  एक तथ्यांक अनुसार नेपालको औषधि बजार करीब ४५ देखि ५० अर्ब रुपैयाँको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका मुलुहरूबाट आयात हुने गरेको छ । केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यातसमेत गर्दै आएका छन् । नेपालमा औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उनीहरुको भनाइ छ ।  सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले सहभागीहरुलाई स्वागत गर्दै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेका थिए।  उनले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार रोजगारी सृजना गर्न सकिन्छ, एकै ठाउँमा बसौं, अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागि सरकारमा पहल गरौं, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार रहेको बताए ।   महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले उद्योगधन्दाको विकास विस्तारमा रहेका समस्याहरूको पहिचान गरी तीनको समाधान र औषधि लगायतका उत्पादनहरूमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ महासंघले निजी क्षेत्रका तर्फबाट सरकारमा प्रस्टसँग लवींग गर्ने प्रतिवद्धता व्यक्त गरे । एपोनका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकोमा अहिले केही मात्रामा निर्यातसमेत गर्न सक्ने अवस्थामा पुगेको बताउँदै उचित सहयोग हुन सक्यो भने अवको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दावी गरे ।

सिमेन्टमा लगानी भित्र्याउने कि बजार खोज्ने ?

नेपाल राष्ट्र बैंकले हालै सिमेन्ट उद्योगमा विदेशी लगानी आवश्यक भएको निष्कर्षसहित एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले स्वदेशी सिमेन्ट उत्पादनको क्षेत्रमा स्वाभाविक चासो उत्पन्न भएको छ । के नेपालको सिमेन्ट उत्पादनमा बाह्य लगानी आवश्यक भएकै हो त ? स्वदेशी उत्पादन यहाँको माग धान्न पर्याप्त छैन ? होइन, हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेका छौं । आत्मनिर्भरमात्र होइन, अहिले नै बजारको अभावमा स्थानीय उद्योगले क्षमताभन्दा कम उत्पादन गरिरहेका छन् भने यसैमाथि बाहिरको लगानी थपियो भने अवस्था के होला ? अनुमान त्यति असजिलो छैन । सिमेन्टमा विदेशी लगानीले स्वदेशी लगानीका उद्योगहरूलाई समस्या भएको कुरा नौलो होइन । विदेशी लगानी आवश्यक छ तर कुन क्षेत्रमा चाहिन्छ र कस्ता उद्योगमा स्वदेशी लगानी नै पर्याप्त छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । राष्ट्र बैंकले २ वर्षअघि गरेको अध्ययनमा त्यो प्रतिवेदका तथ्यहरू नै अहिलेको अवस्थासँग नमिल्दा छन् । प्रतिवेदनमा सञ्चालनमा रहेका ५५ उद्योगको जडितक्षमता वर्षको १ करोड ५० लाख मेट्रिकटन भनिएको छ । त्यसमध्ये ७४ लाख मेट्रिकटनमात्र उत्पादन हुँदै आएको बताइएको छ । १५ लाख मेट्रिकटन सिमेन्ट आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अबको ५ वर्षपछि अर्थात् सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको माग २ करोड ५८ लाख मेट्रिकटन हुने अनुमानका आधारमा राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउन सुझाएको छ । यो तथ्यांकको आधार र बुझाइ नै गलत छ । एक त राष्ट्र बैंकले अध्ययनका क्रममा विदेशी लगानीका ३ (जब कि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सिमेन्ट उद्योगको संख्या नै त्यत्ति हो ।), स्वदेशी निजी लगानीका २ र सरकारी स्वामित्वका २ ओटा उद्योगलाई मात्र समेटेको छ । यसैका आधारमा स्वदेशीको तुलनामा विदेशी उद्योगका उत्पादन लागत, बेतन भुक्तानीलगायत पक्ष बलियो देखाइएको छ । तर, अहिले नेपालमा ६५ ओटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । नेपाल सिमेन्ट उद्योग संघका अनुसार स्वदेशका सिमेन्ट उद्योगको जडितक्षमता २ करोड २० लाख मेट्रिकटन छ । अहिले स्वदेशमै १ करोड ३० लाख मेट्रिकटन क्लिंकर उत्पादन भइरहेको छ । सिमेन्ट उद्योगमा लगानी २ खर्बभन्दा बढी पुगिसकेको छ । कति उद्योगले क्षमता विस्तार गरिरहेका छन् । यस अधारमा अबको ५ वर्षभित्र सिमेन्टको जुन माग प्रक्षेपण गरिएको छ, त्यसको आपूर्तिमा निम्ति स्वदेशी उद्योग आफैमा सक्षम छन् । स्वदेशकै उद्योगले बजार नपाएर कतिपय उद्योग अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएको अवस्थामा बाहिरको लगानी भित्र्याउने कुरा भएकै लगानी धरापमा पार्ने काममात्रै हुनेछ । सिमेन्टमा विदेशी लगानीले स्वदेशी लगानीका उद्योगहरूलाई समस्या भएको कुरा नौलो होइन । विदेशी लगानी आवश्यक छ । तर, कुन क्षेत्रमा चाहिन्छ र कस्ता उद्योगमा स्वदेशी लगानी नै पर्याप्त छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । बाहिरको लगानी भित्र्याउने लहडमा स्वदेशी लगानीकर्तालाई डुबाउने काम कदापि उचित हुँदैन । राष्ट्र बैंकको अध्ययनले पनि जडितक्षमताको तुलनामा आधामात्रै उत्पादन भएको देखाएको छ, किन ? स्वदेशमा अहिले मागको तुलनामा उत्पादन क्षमता बढी भएकै कारण उद्योगहरू घाटामा चलिरहेको अवस्था छ । उत्पादनको विक्री नै नभएपछि उद्योगले पूरा क्षमता उपयोग गर्न पाएका छैनन् । कुनै पनि बाहिरको लगानीकर्ता सम्भाव्यता अध्ययन गरेरमात्रै आउँछ । अर्थात्, अहिले सञ्चालनमा रहेका उद्योगहरू नै घाटामा चलिरहेको अवस्थामा बाहिरको लगानीकर्ता आउने सम्भावना रहँदैन । स्वदेशी सिमेन्टको बजार बढाउन विकास निर्माणका कामलाई गति दिनुपर्छ । सरकारले पूँजीगत खर्च क्षमतामा सुधार नगरी सिमेन्टलगायत निर्माण सामग्रीको बजार बढ्न सक्दैन । विकास निर्माणका कामले गति लिने अपेक्षामा केही वर्षयता यस्ता उद्योगमा लगानी बढेको थियो । विकास निर्माणका कामले अपेक्षा गरेअनुसार गति समातेका छैनन् । सरकारले बरु यतातिर ध्यान दिनु जरुरी छ । सरकारले २ वर्षअघि सिमेन्टलाई निकासीयोग्य वस्तुको सूचीमा राखेर निकासीमा प्रोत्साहन दिने भनेको थियो । राष्ट्रपतिले सार्वजनिक गर्नुभएको त्यो नीति तथा कार्यक्रममा राखिएको यो योजना कार्यान्वयनका लागि कुनै नीतिगत पहल प्रयास भएको देखिएको छैन, न स्वदेशी बजारमा सिमेन्ट खपत बढाउने कुनै नीतिगत योजना नै छ । नेपालबाट सिमेन्ट निकासीको मुख्य बजार भारत नै हो । सिमेन्ट निकासीका वातावरण बनाउने सन्दर्भमा कुनै प्रगति भएको जानकारी अहिलेसम्म छैन । भारतमा निकासी गर्दा लाग्ने विभिन्न प्रकारका कर महसुल हटाउन सरकारले पहल गर्नुपर्छ, त्यो हुन सकेको छैन । स्वदेशमा उत्पादित सिमेन्टको मूल्य कम भएमात्र निर्यात हुन सक्छ । यसका लागि उत्पादन लागत न्यूनीकरणमा काम गर्नुपर्छ । खानीको प्राप्तिका प्रक्रियादेखि, ऊर्जा, बाटोघाटो, ढुवानी, भन्सार मूल्यांकन र महसुललगायत पक्षलाई व्यावहारिक नबनाई सिमेन्टको लागत कम गर्न सकिँदैन । सरकारले उत्पादनको लागत घटाउनेतिर ध्यान दिनुपर्छ । निर्यातमा अनुदानको व्यवस्था मिलाउनुपर्छ । अहिले पनि वर्षको १५ लाख मेट्रिकटन सिमेन्ट भारतबाट आयात भइरहेको तथ्यांक त राष्ट्र बैंकले नै औंल्याइसकेको छ । भारतीय गुणस्तर मापदण्डअनुसारको प्रमाण यहाँका उद्योगलाई दिने सम्बन्धमा सरकारले पहल गर्ने हो भने यो आयात रोक्न सकिन्छ । अतः सरकारले सिमेन्टमा स्वदेशकै उद्योग आत्मनिर्भर भइसकेको र मागको तुलनामा उत्पादन क्षमता नै दोब्बर पुगिसकेको अवस्थामा बाहिरको लगानी भित्र्याउन होइन, बजारको खोजी गरेर निर्यात बढाउनेमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसअनुसारका नीतिगत व्यवस्था र तिनको सफल कार्यान्वयन हुनुपर्छ । सिमेन्ट उत्पादक संघ बारा–पर्साका अध्यक्ष वैदसँग आर्थिक अभियानका ओमप्रकाश खनालले गरेको कुराकानीमा आधारित ।

उपत्यकामा १५ लाख मालाको माग

नेपाली चाड तिहारका लागि छिमेकी भारतबाट सयपत्री फूल आयात नहुने भएको छ । तिहारमा १५ लाख माला खपत हुने प्रक्षेपणसहित स्वदेशी उत्पादनबाटै धानेर आयात नगरिने भएको हो । कोभिड–१९ को प्रभावले मालाको खपत कम हुने हुँदा र स्वदेशी उत्पादन पर्याप्त भएकोले बजार माग धान्ने भएकोले व्यवसायीहरूले आयात नगर्ने बताएका छन् ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार […]