महाकाली नदीको बाढीबाट ३० घर परिवार विस्तापित, पानीकाे बहाब बढ्दै

कञ्चनपुर – महाकाली र जोगबुढा नदीमा आएको बाढीका कारण डुबानमा परेका ४६ घर परिवारको उद्दार गरिएको छ । शनिबार रातिदेखि परेको पानीका कारण नदीम पानीको बहाब बढेपछि माहाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका थिए ।  डुबानको उच्च जोखिममा रहेका वडा नम्बर १० का ३० परिवार विस्तापित भएका छ...

सम्बन्धित सामग्री

‘नेताहरू आश्वासन मात्र दिएर जान्छन्’

बेमौसमी वर्षासँगै आएको बाढीले महाकाली तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । सयौं घर परिवार विस्थापित भए । घरभित्रको अन्न र लुगाकपडासमेत बाढीले बगायो । बाढी कम भएपछि विस्थापितहरू घर फर्किए । घर फर्किएका उनीहरूलाई एक छाक टार्नसमेन निकै समस्या छ ।

महाकाली बाढीको छ वर्ष पूरा, राहत नपाएको पीडितको गुनासो

महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलङ्गामा वितण्डा मच्चाएको छ वर्ष पूरा भएको छ । वि. संं . २०७० साल असार २ गतेबाट महाकालीमा आएको बाढीले दार्चुला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको थियो । छ वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । २०७० असार २ गतेबाट महाकाली नदीमा आएको बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढी सरकारी कार्यालय बगाउँदा करोडौँको धनमाल क्षति भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बराबरको क्षति भएको थियो । बाढीमा परी दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ परिवार विस्थापित भएका थिए । तर पीडितहरूले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपियाँ राहतबाहेक केही सुविधा नपाएको गुनासो गरिरहेका छन् ।