संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।
मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।
नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।
नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।
खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्या...