इलाम। इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम […]
रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् ।हिन्दुहरुको महान पर्व दीपावली र छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ मृत्यु भएको हो। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन्।
भक्तपुर : चाँगुनारायण नगरपालिका-९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रबार २ जनाको मृत्यु भएको छ। ताथलीको नालाछापमा जग्गाा प्लटिङका लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो।मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-९ घर भई ताथली बस्ने ३२ वर्षीय चतुरमान तामाङ र काभ्रेपलाञ्चोककै चौरी देउराली गाउँपालिका-३ घर भई ताथली बस्ने ५० वर्षीय वर्षमान तामाङ छन्।माटोले पुरिएका दुवै जनालाई स्थानीय बासिन्दा र प्रहरीले स्काभेटर प्रयोग निकालेको महानगरीय
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खोटाङ : माटोको ढिस्कोले पुरिएर साकेला गाउँपालिका–४ मात्तिम, हुपापुमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया तारा खड्का रहेको प्रहरीले जनाएको छ।
सोमबार घर पोत्ने रातो माटो लिन मात्तिमस्थित कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राज...
चितवनको राप्ती नगरपालिका १३ स्थित बान्द्राङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ५२ वर्षिया निरमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। माटोको ढिस्कोमा पुरिएकी प्रजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।