अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । विहिबार राजस्थानमा आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।कट्रिना र विक्कीले विवाहपछि तस्बिर समेत शेयर गरेका छन् । ‘एक अर्काको लागि हाम्रो मन भित्र रहेको प्रेम र सम्मानले आज यहाँ ल्याएको छ । हाम्रो नयाँ जिन्दगीका लागि सबैको माया र आर्शिवादको आवश्यकता छ’ कट्रिनाले तस्बिरका साथ लेखेकी छन् ।