‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ।...
जुम्ला– ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिंजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी सम्बन्ध स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाइँको उपस्थितिमा […]
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार...
बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।
दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने,…
संयुक्त राज्य अमेरिकास्थित सुपेरियर सिटी र संखुवासभाको खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। सुपेरियर सिटीका मेयर क्लिन्ट फोलसम र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले समझदारीपत्र आदानप्रदान गर्दै भगिनी सम्बन्धलाई...
नेपाल र भारतका प्रधानमन्त्रीले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज लुम्बिनीमा भएको वार्तामा यो सहमति भएको...
गोरखा । गोरखाका दुई गाउँपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबिच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । भौगोलिक हिसाबले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भएकाले […]
५ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) […]
काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो ।समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन् । सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि कामपाले कर्ण
काठमाडौँ महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
शुक्रवार बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।
कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ ।
यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन् । ...