विवादले करोडौंका काठ सड्दै

उपभोक्ताबीचको विवादले करोडौं मूल्यबराबरका काठ सड्ने अवस्थामा पुगेका छन् । कटारी नगरपालिका–२ गिद्धबरस्थित सीतापोखरी सामुदायिक वन उपभोक्ता समूहले उक्त काठ झन्डै १२ वर्षअघि संकलन गरी घाटगद्दी गरेको हो ।