श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझायाे, २० अर्ब लागत लाग्ने अनुमान

काठमाण्डाै – श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आज आफ्नाे प्रतिवेदन बुझाएकाे छ । कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई ३५ पेज लामो प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यादेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरु उल्लेख गरिएका छन् । साथै कार्यदलले अस्पताल निमार्णका लागि विराट...

सम्बन्धित सामग्री

कस्तो बन्दैछ २० अर्ब लागत अनुमान गरिएको श्रमिक अस्पताल?

केही दिन पहिले कार्यदलले श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर श्रममन्त्री शेरबहादुर कुँवरलाई बुझाएको थियो।

२० अर्ब लागतमा हजार बेडको श्रमिक अस्पताल बनाउन सुझाव

एक हजार बेड क्षमता भएको श्रमिक अस्पताल निर्माण गर्न श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ । २५ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्न करिब २० अर्ब लागत लाग्ने...

श्रमिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन सुझाव

काठमाडौं, साउन १६। श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको अध्ययन कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधनबारे गरेको अध्ययनको प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो । कार्यदलले तत्काल श्रमिक अस्पताल निर्माण तथा सञ्चालन […]

श्रमिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन सुझाव

श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको अध्ययन कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधनबारे गरेको अध्ययनको प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो ।

श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने

१५ साउन, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो । अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको […]

चर्चामा श्रमिक अस्पताल : कहाँ पुग्यो सरकारको अस्पताल बनाउने योजना ?

काठमाडौं :  पछिल्लो समय देशमा पेशागत अस्पताल बनाउने लहर चलेको छ। शिक्षक अस्पताल, श्रमिक अस्पताल बनाउने सरकारको योजना अहिले चर्चामा छन्। गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषणा गरेको थियो।  हाल श्रमिक अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको छ। श्रम मन्त्रालयका सह-सचिव दिपक काफ्लेको संयोजकत्वको समितिले सो विषयमा अध्ययन गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। कहाँ, कसरी निर्माण गर्ने, व्यवस्

श्रमिक अस्पताल निर्माण : मोडालिटी बनाउन गृहकार्य शुरू

काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै अस्पतालको मोडालिटी बनाउने तयारी गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्तावअनुसार श्रमिक अस्पताल निर्माणका लागि हालैको मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । यससँगै अस्पताल कति शय्याको र कस्तो बनाउने भन्ने विषयमा मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको टोलीले मोडालिटी तयार गर्न लागेको हो । श्रममन्त्री श्रेष्ठले तत्कालीन सहसचिव शेषनारायण पौडेलको नेतृत्वमा सम्भाव्यता अध्ययन टोली बनाएका थिए । उनको अहिले वैदेशिक रोजगार विभागमा सरुवा भइसकेकाले हालै श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी सम्हाल्न आइपुगेका काफ्लेको नेतृत्वमा मोडालिटी तय गर्न लागिएको छ । उनको नेतृत्वको समितिले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्नेछ । नमूनाका रूपमा शुरूमा औद्योगिक कोरिडोरमा तत्काल अस्पताल शुरू गरिनेछ । श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार श्रमिक अस्पतालको जिम्मेवारी र दायित्व, संस्थागत संरचना, बजेट व्यवस्थापनजस्ता विषयमा अध्ययन समितिले सुझाव दिनेछ । मुलुकको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको श्रममन्त्री श्रेष्ठ बताउँछन् । वैदेशिक रोजगारीमा रहेका लाखौं श्रमिक र उनीहरूको परिवारको स्वास्थ्योपचारका लागि श्रमिक अस्पताल निर्माण आवश्यक रहेको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल भएजस्तै श्रमिकका लागि पनि अलग अस्पताल आवश्यक भएको उनको भनाइ छ । अस्पतालको उद्देश्यमा ७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेशागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल स्थापना गर्ने तयारी छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराउने तयारी छ ।