विभिन्न उतारचढावका बाबजुद मंगलवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
यस दिन नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०३ विन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ।
मंगलवार सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढ्दै ५३९.५१ विन्दुमा पुगेको छ ।
कुल २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन कारोबार शुरू भएको समयदेखि नै शेयर बजारमा उतारचढाव रह्यो । घट्दै बढ्दै अन्ततः...