काठमाडौँ : सूचना प्रविधिमा आएको परिवर्तनसँगै सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौती सम्बोधन गर्नुपर्ने तथा मिडियाहरु व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजनामा यू-ट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा सरोकारवालाहरुले मिडियाहरु व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।उनीहरुले मिडियाहरु आर्थिक रुपमा संकटपूर्ण रहेको उल्लेख गर्दै मिडियालाई संकटबाट जोगाउनुपर्ने बताए।