सप्तकोशी नदीको बाढी पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको पश्चिमी क्षेत्र र उदयपुरको बेलका नगरपालिकाको दक्षिणपूर्वी क्षेत्रका सयौँ बासिन्दा प्रभावित भएका छन् ।
काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]
१ असोज, धनगढी । शुक्रबारदेखि परिरहेको अविरल वषर्ाका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका-८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब […]
२५ साउन, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल […]
काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]
काठमाडौं : कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्ती पसेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। आज बिहान करिब ४ बजे नदीको बाँध फुटेर भँगालो बस्ती पसेको जनाइएको छ।
भँगालो बस्तीमा पसेपछि नगरपालिकाका केही वडाहरु डुबानमा परेका छन्। बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ प्रभावित भएका…
उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । […]
१८ साउन, काठमाडौं । कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । नदी […]
कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ
ललितपुर महानगरपालिकास्थित भैसेपाटीमा ढलको पानी ओभर फ्लो भएर बस्तीमा पसेको छ । भैँसेपाटीस्थित फूलबारी मार्गमा लगातारको वर्षाका कारण गएराति बस्तीमा ढल पसेपछि सम्भावित क्षति रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । ढलका कारण जलमग्न भैंसेपाटी स्थित फूलबारी मार्गमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले अनुमगन गरेका छन् । वर्षा रोकिएपछि अहिले ढलको बहाव केही कम भएको छ । ढलको पाइप ठुलो र सानो हुँदा त्यस्तो समस्या आएको स्थानीयहरु बताउँछन् । ढल खोल्न बनाएको जोर्नीबाट पानी ओभर फ