बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ

बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा छिन् ।उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतले २०७५ असोज १५ मा १० महिना १९ दिन कैद सजायको फैसला गरेको थियो । फैसलासँगै उनीहरु फरार भएका थिए । अदालतले फैसला गरेको ३ वर्षपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए ।

सम्बन्धित सामग्री

बहुविवाहको आरोपमा दुई पक्राउ

सल्यान : बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजना पक्राउ गरेको छ। शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका–३ की २० वर्षीया माया मिया डाँगीलाई पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार डाँगीको घरबाट नियन्त्रणबाट लिइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला अद...