काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नभएको बताउनुभएको छ ।
विश्वविद्यालयले आज आइतवार गरेको पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको निरन्तर आन्दोलन, तालाबन्दी र धम्कीले शिक्षक र कर्मचारीमा त्रास पैदा भएको बताउनुभएको हो । उहाँले काम गर्ने वातावरण नहुँदा विश्वविद्यालयले सम्पादन गर्नुपर्ने काम समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको पनि बताउनुभयो ।
उपकुलपति बाँस्कोटाले पछिल्लो समय विद्यार्थी विदेशिने क्रम बढिरहेको उल्...