एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । […]