कोरोना कहर : यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् । कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा रोकिएको हो ।  अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यी जात्रा साधारण पूजा (क्षमा) गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ । बनेपामा सबैभन्दा बढी क...

सम्बन्धित सामग्री

कोरोना कहरमा श्रमिकका व्यथा

भोलि मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक, हित र एकतामा जोड दिने यस दिवसको महìव विशिष्ट रहेकामा शङ्का छैन तर यो दिवस औपचारिकतामै खुम्चिन थालेको, ‘कर्मकाण्डी’ भएको जस्ता आलोचना पनि ध्यातव्य रहेका छन् । पोहोर सालजस्तै यसपालि पनि कोरोनाको कहरले गर्दा अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामसाथ मनाउने अवस्था रहेन । १३२ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदाको परिपे्रक्ष्यमा पनि श्रमिकका शोषण, उत्पीडन र मर्काका राग यथावत् रहनु विडम्बनाकै विषय हो । श्रमिकको हक, हितको प्रश्न ज्वलन्त बन्दै आएको सिलसिलामा कोरोना कहर बज्रपातसरह बनेको छ । विश्वव्यापी टाउको दुखाइको केन्द्र बनेको कोरोनाको कहरले यसो त कुनै पनि क्षेत्र छाडेको छैन, तैपनि यसबाट श्रमिक वर्गमा पर्न गएको असर ज्यादै तीक्ष्ण, दूरगामी तथा भयावह छ । गतवर्षकै अथाहा पीडा शमन नहुँदै कोरोनाको नयाँ संस्करणले दिन थालेको कष्ट झनै विकराल साबित हुने लक्षण देखिँदैछ ।