कोरोना कहरमा श्रमिकका व्यथा

भोलि मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकको हक, हित र एकतामा जोड दिने यस दिवसको महìव विशिष्ट रहेकामा शङ्का छैन तर यो दिवस औपचारिकतामै खुम्चिन थालेको, ‘कर्मकाण्डी’ भएको जस्ता आलोचना पनि ध्यातव्य रहेका छन् । पोहोर सालजस्तै यसपालि पनि कोरोनाको कहरले गर्दा अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामसाथ मनाउने अवस्था रहेन । १३२ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदाको परिपे्रक्ष्यमा पनि श्रमिकका शोषण, उत्पीडन र मर्काका राग यथावत् रहनु विडम्बनाकै विषय हो । श्रमिकको हक, हितको प्रश्न ज्वलन्त बन्दै आएको सिलसिलामा कोरोना कहर बज्रपातसरह बनेको छ । विश्वव्यापी टाउको दुखाइको केन्द्र बनेको कोरोनाको कहरले यसो त कुनै पनि क्षेत्र छाडेको छैन, तैपनि यसबाट श्रमिक वर्गमा पर्न गएको असर ज्यादै तीक्ष्ण, दूरगामी तथा भयावह छ । गतवर्षकै अथाहा पीडा शमन नहुँदै कोरोनाको नयाँ संस्करणले दिन थालेको कष्ट झनै विकराल साबित हुने लक्षण देखिँदैछ ।