आज पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ पर्ने : मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै – प्रि मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ । मनसुन अघिको समय प्रि मनसुनमा दिउँसाे गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने हुन्छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँकाअनुसार तत्कालका लागि तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना भने देखिएको छैन । तर, यो समयमा  स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेमा माैसमविद्क...

सम्बन्धित सामग्री

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, कतै मेघ गर्जन र चट्याङ

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थान...

प्रदेश १ र वाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : आज बिहान देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी…

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षा

काठमाडौं : बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली  छ।  कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का

भारी वर्षाले आज देशका अधिकांश भागमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं, असार १५ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली कायमै रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, […]

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागले प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका प

यी क्षेत्रमा आज वर्षाको सम्भावना

आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र  अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।राति प्रदेश १, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावा

देशभर मध्यम वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   जल तथा मौसम...

काठमाडौंमा भयानक हुरीबतास, जनजीवन प्रभावित

राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि करिब हावाहुरी चलेको हो । हावाहुरीबाट अहिलेसम्म क्षतिको कुनै विवरण नआएको प्रहरीले जनाएको छ ।  कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका थिए । देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।.grou

चट्याङको पूर्वानुमान गर्नै कठिन

सुर्खेतको लेकबँेसी नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशु चौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए । ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर नष्ट भयो । अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने घटना बढ्दै गएको छ । अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ । पूर्वमनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१५ मिनेटअघि नै चट्याङको पूर्वानुमान

वर्षाको पूर्वानुमान जस्तै अब नेपालमा चट्याङको पनि पूर्वानुमान हुने भएको छ । यतिबेला मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको मौसमको विवरणमा एक वा दुई शब्दमा ‘मेघ गर्जन र चट्याङ’ सहित असिना पानी सहितको वर्षा हुनेछ भन्ने मात्र उल्लेख हुने गरेको छ । चट्याङको पूर्वानुमान सुरु भएपछि कुन क्षेत्रमा चट्याङ पर्छ भन्ने किटेरै पूर्ण विवरण प्रक्षेपण गर्ने तयारी जल तथा मौसम विज्ञान विभागले गरेको छ ।