शनिबारबाट प्रदर्शनमा मदनकृष्ण र आशिष्माको ‘कर्म’

बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण चलचित्र घर, ग्वार्काेमा प्रदर्शनमा आएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्म राजेन्द्र शाक्य (दिजेन्द्र)ले निर्माण गरेका हुन् ।वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्मा शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरण सायमी लगायतको अभिनय समेटिएको फिल्म गुण समूहले न

सम्बन्धित सामग्री

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको टिप्पणी गरेका छन् ।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। आफू अभिनित फिल्म ‘महापुरूष’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। 'मलाई अभिनय गर्न...

‘पाठशाला घर’मा मदनकृष्ण नाट्यशाला

काठमाडौंको बानेश्वर अवस्थित पाठशाला नेपाल फाउन्डेसनले आफ्नो नवनिर्मित भवन ‘पाठशाला घर’ मा मदनकृष्ण नाट्यशाला स्थापना गरेको छ ।

‘पाठशाला घर’मा मदनकृष्ण नाट्यशाला

१७ जेठ काठमाडौँ । काठमाडौंको बानेश्वर अवस्थित पाठशाला नेपाल फाउन्डेसनले आफ्नो नवनिर्मित भवन ‘पाठशाला घर’ मा मदनकृष्ण नाट्यशाला स्थापना गरेको छ । कलाकार मदनकृष्ण श्रेष्ठले हालै सो नाट्यशालको उद्घाटन गरेका हुन । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा र द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले संयुक्त रुपमा शिलालेख अनावरण गरेर पाठशाला घरको र कलाकार श्रेष्ठले नाट्यशालको […]

मदनकृष्ण श्रेष्ठको 'जब तिमीलाई गुमाएँ' सार्वजनिक

काठमाडौंः मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको 'जब तिमीलाई गुमाएँ' बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द तथा कृति न्यौपानेको संगीत रहेको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सराना श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियोमा नाजिर हुसेन, केकी अधिकारी र मदनकृष्ण स्वयंको अभिनय रहेको छ। जसको छायांकन तथा सम्पादन हरि हुमागाइँले गरेका हुन्। शंका र गलतफहमीले गर्दा सम्बन्धमा कसरी चिरा पर्छ भन्ने कुरा गीतको भिडियोमा देखाइएको छ।

मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’ सार्वजनिक

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सरना श्रेष्ठको स्वर रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । सरना श्रेष्ठको निर्देशनमा रहेको भिडियो मदनकृष्ण र इन्दिराको अभिनय देख्न सकिन्छ ।निर्देशक सरना आफैं पनि भिडियोमा देखिएकी छन् ।  हरि हुमागाईको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् ।

मदनकृष्ण र इन्दिराको 'ह्याप्पी हार्ट'

मदनकृष्ण र गायिका इन्दिरा जोशीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'ह्याप्पी हार्ट' बोलको गीतमा सरना श्रेष्ठको शब्द तथा यमन श्रेष्ठको संगीत रहेको छ।

‘सुनको कचौरी’मा मदनकृष्ण र गौरी

काठमाडौं–मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा रहेको गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । देवीथान म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर्ड छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ । […]

मदनकृष्ण र मिलनले ल्याए ‘सुनको कचौरी’

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत आएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ । मदनकृष्ण र गौरीको जोडी अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सन्तोष राजबाकको सम्पादन छ ।