चिनियाँ लगानी र निर्माण कम्पनी परिचालन गरी नेपालमा बनाइएका बिजुली खरिद नगर्ने अडानमा रहेको भारत अन्ततः आफ्नो अडानबाट पछि हटेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित द्विदेशीय ऊर्जा सचिवस्तरीय बैठक (जोइन्ट स्टेरिङ कमिटी–जेसीसी) मा भारतले आगामी बर्खा यामअघि नै नेपालबाट ७०० मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएको हो ।बैठकपछि नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बिजुली खरिद लगायत दुई देशबीच मौजुदा प्रसारणलाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसार