एमाले अध्यक्ष ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै प्रतिस्पर्धी पाउने भएका छन् । झापा–५ मा मनोनयन दर्ताको तयारी गरेका ओलीले ०७४ कै प्रतिस्पर्धी पाउने...

सम्बन्धित सामग्री

विचार नमिल्ने माओवादी बोक्ने कांग्रेस–एमालेको प्रतिस्पर्धा

माओवादीसँग पनि एकता गरिहाल्ने पक्षमा नभएर पर्ख र हेरको अवस्थामा एमाले छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि एकअर्कामा नभई नहुने अवस्थामा छन् ।

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ ।  अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्बिर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो । पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्...

नेपालको राजनीतिमा व्यक्तिवाद हाबी : नेपाल

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताउनुभएको छ ।  धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उहाँले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाउनुभयो । उहाँले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताउनुभयो । गठबन्धनले गएको शुक्रवारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ ।

राजनैतिक अस्थिरताको कारक प्रचण्ड हुन्, गोरखाबाट बिदा गर्छौँ : अब्दुश मियाँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो। छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका छन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्। ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, […]

राजनीतिक प्रतिशोधमा एमाले, दाहाल र नेपाललाई ‘पाखा’ लगाउने तयारी

जसअनुसार गठबन्धन सरकारलाई फुटबाट जोगाउँदै उनीहरूले ओलीको सत्तामा पुग्ने रणनीतिक चाललाई निस्तेज पारे । अहिले एमाले अध्यक्ष ओली उनीहरूलाई चुनावमा एक्लो प्रतिस्पर्धा गर्न चुनौति दिन थाल्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली त्यसतर्फ जान लागेका बताइएको छ । हृदयेश त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका […]

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन्। २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमलेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् । राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्त

रोकिएका विधेयक अघि बढ्नै सकेनन्

काठमाडौं । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम प्रभावित भएको हो । संसद्मा अहिले लगानी तथा विकाससँग जोडिएका दर्जनौैं विधेयक अलपत्र छन् । संसद् पुनःस्थापनापछि सरकारले रेलवे विधेयक फिर्ता लिएको छ भने अध्यादेशबाट आएको बजेटलाई पुनःस्थापनासम्बन्धी विधेयक ल्याउनुबाहेक कानून निर्माणको अन्य कामलाई अघि बढाइएको छैन । संसद्मा प्रमुख प्रतिपक्ष दल एमालेले सभामुखले पदीय मर्यादाविपरीत काम गरेको आरोप लगाउँदै संसद् अवरोध गर्दै आएको छ । संसद् सचिवालयका अनुसार अहिले आर्थिक तथा सामाजिक विषयवस्तुसँग सम्बद्ध ५० ओटा विधेयक संसद्का दुवै सदनमा विचाराधीन अवस्थामा छन् । यीमध्ये तीन दर्जनभन्दा बढी विधेयक प्रतिनिधिसभामा रहे पनि संसद्मा प्रतिपक्ष दलले गरेको अवरोधका कारण प्रक्रिया नै अघि बढेको छैन । प्रतिनिधिसभामा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको दु्रत निर्माण तथा विकाससँग सम्बद्ध विधेयक, निकासी पैठारी नियमन विधेयक, सार्वजनिक खरीद विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण विधेयक, खानेपानी तथा सरसफाई विधेयक, भन्सार विधेयक, कर्जा सुरक्षणलगायत विधेयक दर्ता भएका छन् र तिनलाई पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन । काठमाडौं उपत्यका सार्वजनिक यातायात विधेयक भने राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएको थियो । बीमा विधेयक, सूचनाप्रविधि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा छलफलको चरणमा थिए । संसद् पुनःस्थापना पछि एक फेरमात्रै बीमासम्बन्धी विधेयक अर्थ समितिमा छलफल भएको थियो तर यो अझै टुंगोमा पुगेको छैन । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल कानून निर्माणलाई प्राथमिकतामा राखेरै समितिले अब छलफल चलाउने बताउँछन् । संसद् विघटन, कोभिड, दशैंतिहारजस्ता चाडका कारण समितिमा विधेयकमाथि घनीभूत छलफल हुन सकेन । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलहरूबीच सहमति जुटाएर संसद् अघि बढाउनुको विकल्प नरहेको बताउँछन् । उनका अनुसार कानून निर्माणलाई गति दिन समितिहरू तयार छन् । संसद्मा रहेको अवरोध दलीय सहमतिबाट छिट्टै हट्नुपर्छ । अहिले संसद्मा अध्यागमन विधेयक, नागरिक उड्डयन प्राधिकरणसँग सम्बद्ध दुई विधेयक, तथ्यांक विधेयक, भ्रष्टाचार निवारण विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो संशोधन) विधेयक, सामाजिक सुरक्षा (प्रथम संशोधन) विधेयक राष्ट्रिय सभामा छन् । यी विधेयकसमेत अघि बढ्न सकेका छैनन् । पूर्वअर्थसचिव शान्तराज सुवेदीका अनुसार कानून निर्माण प्रभावित हुँदा लगानीको वातावरणलाई समेत असर गर्ने देखिएको छ । उनका अनुसार समयमा कानूनहरू नबन्दा सरकारले अघि सारेको राष्ट्रिय लक्ष्यहरू प्रभावित हुने देखिन्छन् भने लगानीमैत्री कानूनको अभावमा निजी तथा विदेशी लगानीकर्तासमेत थप लगानी गर्न हिचकिचाउने उनी बताउँछन् । ‘विदेशी लगानीकर्ता लगानीमैत्री कानून खोज्छन्, सहजै नाफा लैजाने वातावरण हेर्छन् । त्यसैले नीतिगत रूपमा सहज बनाइदिनुपर्ने बेलामा कानून निर्माणको काम प्रभावित हुनु दुर्भाग्य हो,’ उनले भने । संसद् हुँदाहुँदै कानून निर्माण नै प्रभावित हुने अवस्था आउनु विडम्बना भएको अर्थशास्त्री केशव आचार्य बताउँछन् । उनका अनुसार पहिले पार्टीभित्रको कलहका कारण प्रधानमन्त्रीले संसद् नै विघटन गरेर कानून निर्माणको कामलाई प्रभावित गरे, अहिले पनि सरकारले प्रभावकारी रूपमा सहमति जुटाएर कानून निर्माणको कामलाई अघि बढाउन नसकेको उनको बुझाइ छ । संसद्मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटाले दशैंअघि छुट्टाछुट्टै सर्वदलीय बैठक डाकेर प्रयास गरेका थिए तर एमाले ती बैठकमा सहभागी भएन । सर्वदलीय बैठक नभई एमाले अध्यक्ष ओली र सरकार–सभामुखबीच वान टु वान वार्ता हुनुपर्ने एमालेले अडान राख्दै आएको छ ।

माधव नेपाल- नेपाल, जसले ओली सरकार ढाले

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए। नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हा...