काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताउनुभएको छ ।
धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उहाँले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाउनुभयो ।
उहाँले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताउनुभयो । गठबन्धनले गएको शुक्रवारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ ।