गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रिय एकताबाट मात्र चाहेको विकास र समृृद्धि हासिल हुने भनाइ राखे ।
‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिँदै प्रमुख शेरचनले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबाट आफू दुःखित रहेको भनाइ राखे । उनले देश विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिशनतन्त्र...