यतिखेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निकै विवादित छन् । गत कात्तिक २० गते लन्डनको वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा सहभागी भएर स्वदेश फर्कंदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच क्रममा लफडामा परेदेखि विवादित रेग्मीलाई छानबिन समितिले दोषी ठहर गरिसकेको छ । छानबिन उपसमितिका संयोजक चन्द्रप्रसाद रिजालले सीईओ रेग्मीले आफूलाई मार्ने र काट्ने धम्की दिएको बताएका छन् । आफ्नो नेतृत्वको उपसमितिले रेग्मीबारे जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक