गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमे