मधेस प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको हाे । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको