बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार १२.५% को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने छ ।