कर्मचारीबाट सरकार र कम्पनीहरूले धेरैभन्दा धेरै काम लिन चाहन्छन् । तर हप्तामा ४ दिन काम गराएर कर्मचारीलाई पुरै तलब दिने देश पनि संसारमा छन् ।
बेल्जियममा कर्मचारीले हप्तामा ५ दिनको सट्टा ४ दिन मात्रै काम गर्नुपर्ने भएको छ ।
कोरोना महामारीका कारण अर्थव्यवस्थामा परेको असरमा सुधार ल्याउन बेल्जियमले श्रम कानूनमा फेरबदल गरेको छ । जसको घोषणा प्रधानमन्त्री अलेक्जेन्डर क्रूले गरेका छन् ।
मंगलवार श्रम कानूनमा फेरबदल गरिएपछि आफ्ना मन्त्रीसँग छलफल गरेर प्रधानमन्त्री अलेक्जेन्डरले पत्रकारहरूलाई भने, ‘कोभिडका कारण हामी लचिल...