मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला बन्द हुने सम्भावना बढेको छ । प्रि–मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगत्तै जेठ पहिलो साता पनि वर्षा हुने मौसम्विदको भनाइ छ […]

सम्बन्धित सामग्री

वर्षाले मेलम्ची र हेलम्बुका सडक अवरुद्ध

सिन्धुपाल्गचोक : गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ। मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाए पनि राति पानीका कारण बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ। अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ। जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुन लागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए ।मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला पनि बन्द हुने सम्भावना बढेको छ । प्रि-मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगतै जेठ पहिलो साता पनि वर्षा हुने […]

सञ्चित वा जगेडा कोष : कम्पनी बलियो बनाउने दीर्घकालीन आधार

‘अमुक कम्पनीले उदार भएर लाभांश दियो’ र ‘अमुक कम्पनीले दिनसक्ने जति पनि दिएन’ यस्ता टिप्पणी शेयरबजारमा थुप्रै सुनिन्छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत अधिकांश कम्पनीले भाँडो रित्याएर लाभांश बाँड्ने गर्छन् । यस्ता लाभांश नगदभन्दा बढी बोनसका रूपमा जारी हुन्छ । कम्पनीका सञ्चालक र व्यवस्थापक पनि कसरी बढी बोनस जारी गर्न सकिन्छ भन्ने ध्याउन्नमा हुन्छन् । केन्द्रीय बैंकले तोकेरै वितरणयोग्य नाफाको अमुक प्रतिशत बोनस लाभांश देऊ भनेपछि यस्ता सञ्चालक र व्यवस्थापकका लागि ‘बाँदरलाई लिस्नो’ भएको छ । कम्पनीले बढी बोनस देखाउन करबापतको नगदलाई समेत बोनस शेयर जारी गराएर करको दायित्व शेयरधनी माथि थोपरेका छन् । बोनसले कम्पनीको चुक्ता पूँजी बढ्दा यसको भारले दिनानुदिन थिचिँदै गएको छ । तर, यसको कसैलाई केही मतलब नै छैन । कम्पनी बलियोपन चुक्ता पूँजी होइन, सञ्चित नाफा वा जगेडाले हुन्छ भन्ने एकादेशको लोककथा जस्तो हुँदै गएको छ । नेप्सेमा सूचीकृत एकादुई कम्पनीसँग बाहेक अधिकांश कम्पनीको जगेडा कोषमा रकम छैन बराबरै छ । वितरणका लागि उपलब्ध सबै रकम लाभांशका रूपमा वितरण गरेर सकेका छन् । कम्पनीको वित्तीय स्वास्थ्यका लागि यस्तो अभ्यासलाई उचित मान्न सकिँदैन । सञ्चित वा जगेडा कोष कम्पनी स्थापनापश्चात् यसका शेयरधनीले लिन सकारेको शेयरबापतको रकम दिन्छन् । यही रकम कम्पनीले उद्देश्यअनुसारको कार्यमा लगाउँछ र नाफा आर्जन गर्छ । कम्पनीले उद्देश्यअनुसारको कार्य गरी प्राप्त गरेको आम्दानीलाई ‘सञ्चालन आम्दानी’ भनिन्छ । कम्पनी ऐन, २०६३ को दफा १०८(१) अनुसार कम्पनीले नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक लेखा राख्नुपर्छ । दफा १०८(२) अनुसार यस्तो हिसाब कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्ट्यान्डर्ड) अनुरूप दोहोरो लेखाप्रणालीमा आधारित रही पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरूप राख्नुपर्ने हुन्छ । कम्पनीले आर्जन गरेको आम्दानीबाट सञ्चालन खर्च (कार्यालयको भाडा, इन्धन खर्च, मर्मतसम्भार, मसलन्द आदि), कर्मचारी खर्च (तलब, भत्ता, उपदान कोष, सञ्चय कोष, बिदाबापतको रकम, चाडपर्व खर्च, बोनस आदि) र आयकर आदि कटाएर बाँकी रहेको रकम खुद नाफा हुन्छ । यस्तो खुद नाफाको पनि कम्पनी ऐन, २०६३ दफा १८२(६) अनुसार बाँडफाँट हुन्छ । यो व्यवस्था नियमन हुने र नहुने दुवै कम्पनीका लागि लागू हुन्छ । कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामान अनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गर्नुपर्छ । त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । प्रतिबन्धात्मक वाक्यांश बैंक र बीमाजस्ता नियमन हुने व्यावसायिक निकायका लागि गरिएको व्यवस्था हो । ऐनको व्यवस्थाअनुसार नाफानोक्सान हिसाबकिताबबाट देखिएको खुद नाफाको पनि बाँडफाँट गरेर लाभांश बाँड्न सकिने रकमबाट पनि केही रकम बचाएर राखिने जगेडालाई ‘सञ्चित वा स्वतन्त्र जगेडा कोष’ भनिन्छ । यस्तो किसिमको जगेडा भविष्यको लागि बचतजस्तै हो र उपयोगको दृष्टिले शर्तरहित हुन्छ । हरेक आर्थिक वर्षको लाभांश बाँड्न सकिने सबै रकम लाभांशका रूपमा शेयरधनीलाई बाँड्दा शेयरधनी खुशी भए पनि कम्पनी सञ्चालनको क्रममा भविष्यमा आउनसक्ने सम्भावित जोखिम वा संकटलाई सम्बोधन गर्दैन । सूचीकृत कम्पनीले नियामकीय निकायले तोकेको जगेडा कोषमा रकम राख्नेबाहेक पछिल्लो समयमा सञ्चित वा जगेडा कोषमा रकम राखेका छैनन् । वितरणका लागि उपलब्ध सबै रकम लाभांशका रूपमा वितरण गरेर सकेका छन् । कम्पनीको वित्तीय स्वास्थ्यका लागि यस्तो अभ्यासलाई उचित मान्न सकिँदैन । कम्तीमा पनि हरेक कम्पनीले वितरणयोग्य नाफाको थोरैमा १० प्रतिशत रकम यस्ता कोष राखेमा त्यसको लाभ कम्पनी र शेयरधनी दुवैको लागि हुन्छ । सञ्चित कोषको उपादेयता सतही रूपमा हेर्दा वितरणयोग्य रकम शेयरधनीको हक लाग्ने हुँदा यस्ता रकम शेयरधनीलाई नै दिनुपर्छ भन्ने भनाइ पनि आउँछ । तर, सैद्धान्तिक रूपमा जुनसुकै नाम दिइएको जगेडा कोषको रकम शेयरधनीकै रकम हो । सञ्चित जगेडा किन खडा गर्ने भन्ने विषयमा निम्नलिखित आधारबाट स्पष्ट पार्न सकिन्छ । १. स्थायी स्रोत : यस्ता कोषमा हरेक वर्ष निरन्तर केही रकम राख्दै जाँदा त्यो रकमले स्थायी स्रोतका रूपमा कार्य गर्छ । सधैंभरि बजारबाट स्रोत परिचालन गर्न सकिने अवस्था हुँदैन र यस्तो बेलामा यस्ता कोषले काम दिन्छ । ‘भकारीमा अन्न भए नङले कोट्याएर पनि खान सकिन्छ’ भन्ने परम्परागत भनाइ त्यसै चलेको होइन । भकारीमा अन्न पनि छैन, बाहिर गएर कमाएर ल्याउन सकिने अवस्था पनि छैन भने भोकै मर्नेबाहेक विकल्प हुँदैन । कम्पनीले पनि भकारी (जगेडा) मा केही रकम राखेको अवस्थामा सङ्कटकालीन अवस्थामा त्यसलाई परिचालन गरेर सङ्कट टार्न सकिने हुन्छ । यस्ता कोषले कम्पनीको व्यावसायिक अवसरलाई विस्तार गर्न मद्दत गर्छ । २. लागतविहीन : यस्ता कोषको कुनै लागत हुँदैन । आफ्नै भएकाले यसको ब्याज, शुल्क, महसुल केही तिर्नु पर्दैन । व्यावसायिक सम्भावनाका लागि थप पूँजी आवश्यक पर्दा थप शेयर (हकप्रद वा बोनस) जारी गर्दा त्यसबापत लागत तिर्नुपर्छ । त्यस्तै ऋणपत्र वा सापटी आदि लिँदा पनि त्यसको लागत अलग्गै हुन्छ । तर, कम्पनीसँग यस्ता कोष छन् भने त्यसलाई कुनै शुल्क तिर्नु पर्दैन र लागतरहित हुन्छ । यस्ता रकम परिचालन गरेर बढी लाभ लिन कम्पनी सक्षम हुन्छ र अन्ततः त्यसको लाभ लिने शेयरधनी हुन्छन् । ३. घाटापूर्ति : कम्पनीले व्यवसाय सञ्चालन गर्दा जुनसुकै बेला ठूलो घाटा वा जोखिम बेहोर्नुपर्ने किसिमको सङ्कट आइपर्न सक्छ । उदाहरणका लागि नेपाल सरकारले मेलम्ची आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोडेपछि चिनियाँ बैंकका लागि प्रतिसुनिश्चितता (काउन्टर ग्यारेन्टी) दिएका नेपालका बैंक अफ काठमाडौं र हिमालयन बैंकबाट ६०/६० करोड रुपैयाँ लिएको थियो । उक्त रकम नेपालका दुई बैंकलाई चिनियाँ बैंकले दिनुपर्नेमा अहिलेसम्म दिएका छैनन् । यस्तो बेलामा यस्तै सचित कोषले काम गर्छ र सम्भावित घाटा रोक्न वा कम्पनी नै टाट पल्टिनबाट रोक्छ । ४. शेयर मूल्य वृद्धि : कम्पनीको सञ्चित कोष बढ्दै जाँदा शेयर मूल्यमा पनि वृद्धि आउँछ । कम्पनीको शेयर मूल्य कम्पनीको सम्पत्ति, जगेडा, भावी सम्भावना तथा अवसर र मूल्य बढ्ने अनुमान (स्पेकुलेशन) ले बढ्छ । सञ्चिति बढ्दै जाँदा नेटवर्थ पनि बढ्ने हुँदा यसको सिधा प्रभाव शेयर मूल्यमा पर्छ । निचोडमा, सञ्चित वा जगेडा कोष कम्पनीको लागि बलियोपनको आधार हो । यसले कम्पनी र शेयरधनी दुवैका लागि अवसरको सृजना गर्छ । आफ्नो शेयर आफै किन्नका लागि यस्ता जगेडा कोष उपयोगमा आउँछ र यसको लाभ स्वतः शेयरधनीले नै पाउँछन् । पूँजीको भार थप्न मरिहत्ते गरेर लागिपरेका केन्द्रीय बैंक र बीमा समितिले यसको महत्त्वलाई हृदयंगम गरी सञ्चित जगेडा वा कोष बढाउन लगाउनु अत्यन्तै जरुरी छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोलामा नजान भनेको छ । आयोजनाको केन्द्रीय कार्यालयले सूचना निकालेर आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै नजान भनेको हो । परीक्षणका...

पानीको बहाव घटबढ हुन सक्ने भन्दै मेलम्ची खोलामा नजान स्थानीयलाई आग्रह

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ। आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतवारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो।   परीक्षणका