काठमाण्डौ – सूचना प्रविधिसँग सम्बन्धित तीन वटा संस्थाले सुरक्षित र भरपर्दो साइबर स्पेस बनाउन सरकारलाई सुझाव दिएका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ क्यान, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले एक वर्षभित्रै सुरक्षित एवम् लचिलो साइबर स्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न र त्यसका लागि ६ महिनाभित्र संस्थागत र सङ्गठनात्मक पूर्वाधार स्थापना गर्न संयुक्तरुपमा सरकारलाई सुझाव दिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइ...