काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले काठमाडौंको बुढानिलकण्ठस्थित क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्तरूपमा प्रवर्द्धन गरिएको यस फण्डले उक्त रिसोर्टमा लगानी गरेको हो ।
फण्डले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार हाल यो रिसोर्टको निर्माण अन्तिम चरणमा छ । जुन २०२४ मा ‘सफ्ट ओपनिङ’ गर्नेगरी काम भइरहेको रिसोर्टले जनाएको छ ।
फण्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड र प्रोटोकलअनुरूप बनाउन प्रयोग गरिने बताइएको छ ।
बुढानिलण्ठ पहाडमा रहेको यो रिसोर्ट पर्यावरणमैत्री रहेको लगानीकर्ता कम्पनीले जनाएको छ । यहाँबाट शिवपुरी जंगलको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।
फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यो साझेदारी नेपालमा दिगो पर्यटन विकास प्रवद्र्धन गर्ने प्रतिबद्धताको उदाहरण भएको बताए । ‘यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई आर्थिक वृद्धिमा पनि महत्वपूर्ण योगदान पु¥याउँछ,’ उनले भने । साथै नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुग्नेमा विश्वस्त रहेको उनले बताए ।