सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान समेत पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत