गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको हो । यद्यपि, लाभांशमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ ।यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्नेछ ।प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी