धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेको छ।नगरको असार २० गते भएको नवाैँ नगरसभामा सो निर्णय पारित गरेको हो। नगरपालिकाले सोमबार सबै विद्यालयलाई परिपत्र समेत गरेको छ।शिक्षकहरु पढाइमा भन्दा पनि राजनीतिमा बढी सकृय भएका कारण तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि यस्तो निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए।नगरपालिकाले राजनीति वा शिक्षण पेशामध्ये एक मात्र रोज्न समेत