बजेट कार्यान्वयनमा : सचिवलाई इन्धन खर्चबापत मासिक २१ हजार

काठमाडौं । नेपाल सरकारका सचिवले अब मासिक १२५ लिटर इन्धन बराबरको रकम एकमुष्ट पाउने भएका छन् ।  सवारीसाधन सुविधा पाउने संघमातहतका कर्मचारीलाई इन्धनको सट्टा एकमुष्ट नगद दिनेसम्बन्धी निर्देशिका स्वीकृत गरेर कार्यान्वयनमा ल्याइसकिएको छ । यसअनुसार सचिवले अब मासिक १२५ र सहसचिवले १ सय लिटर डिजेल/पेट्रोल बराबरको रकम एकमुष्ट पाउनेछन् ।  सचिवले पाउने सुविधा हिसाब गर्ने हो भने सोमवारको इन्धनको मूल्यअनुसार १२५ लिटरको प्रतिलिटर १६८ का दरले सचिव स्तरका कर्मचारीले मासिक २१ हजार रुपैयाँ नगदै पाउँछन् । त्यस्तै, सहसचिवले १६ हजार ८ सय पाउनेछन् । उनीहरूले हरेक ३ महीनामा ५ लिटर मोबिल तथा ब्रेक आयलको सुविधासमेत पाउनेछन् । सरकारले विद्युतीय सवारीसाधन प्रयोग गर्ने कर्मचारीलाई पेट्रोलियम कार चढ्नेले पाउने पैसाको आधा दिने भएको छ । यो सुविधा इन्धन प्रयोग हुने सवारीका सचिवले पाउने १२५ लिटरको आधा ६३ लिटर हुन आउँछ । उक्त सुविधा बराबर नगद पनि मासिक ११ हजार ५ सयभन्दा बढी हुन्छ । सरकारले इन्धनबापत नगदै भुक्तानी गर्ने नाममा मासिक चार्जबापत न्यून खर्च हुने र इन्धन प्रयोग नै नहुने सवारीसाधनका नाममा समेत रकम बाँड्ने भएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकामा तुलनात्मक रूपमा विद्युतीय कारले निकै कम मूल्यको विद्युत् खपत गर्छ । काठमाडौं उपत्यकामा विद्युतीय कार चलाउँदा मासिक ३ देखि ४ हजार रुपैयाँभन्दा बढी खर्च हुँदैन । तर, सरकारले विद्युतीय कार चलाउने कर्मचारीलाई खुशी पार्न विद्युत् लागतको तीन गुणाभन्दा धेरै पैसा दिने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा इन्धनको सट्टा नगद दिने व्यवस्था गरिने उल्लेख गरेको थियोे । सोहीअनुसार अर्थ मन्त्रालयले इन्धनसम्बन्धी निर्देशिका बनाएर स्वीकृत गरेको हो । आव २०८०/८१ को बजेटले नै घोषणा गरेअनुसार तयार भएको निर्देशिका गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० अर्थ मन्त्रालयले प्रस्ताव गरेको थियो । इन्धनबापतको भुक्तानी नगदमै दिँदा सुविधाजस्तो हुने र तरीका पनि सजिलो हुने भएकाले नयाँ निर्देशिका बनाएर कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।  बजेटमा भएको व्यवस्थाअनुसार इन्धन सुविधालाई सरलीकृत गरिएको उनको भनाइ छ । यो निर्देशिका संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालयलगायत केन्द्रीय स्तरका निकायमा कार्यरत सचिव र सहसचिव स्तर वा सोसरहमा लागू हुनेछ । त्यस्तै प्रदेश सरकारले र नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थाले निर्देशिकाको व्यवस्थालाई मार्गदर्शनका रूपमा लिएर कार्यान्वयन गर्न सक्ने निर्देशिकामा भनिएको छ । अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भई बिदामा रहेको वा प्रचलित कानूनबमोजिम कुनै कारणले निलम्बनमा परेको समयमा उक्त अवधिभर इन्धनबापत पाउने सुविधा उपलब्ध नगराइने व्यवस्था निर्देशिकाले गरेको छ । 

सम्बन्धित सामग्री

बजेट कार्यान्वयन मार्गदर्शनको अपेक्षा

हरेक वर्षझैं अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्न मार्गदर्शन बनाएको छ । तर, पछिल्ला हरेक वर्ष सरकारको खर्च गर्ने क्षमतामात्र होइन, राजस्व संकलन गर्ने क्षमतामा पनि ह्रास आउँदै गएको छ । एकातिर अर्थमन्त्रालय बजेट कार्यान्वयनमा भन्दा पनि राजनीतिक दलको चुनाव खर्च उठाउने मन्त्रालयमा परिणत भएको अनुभूति गरिरहेका उद्योगी–व्यवसायीका लागि बजेट कार्यान्वयन मार्गदर्शन कागलाई बेल पाक्यो हर्ष न […]

बजेट कार्यान्वयन प्रभावित

अर्थ मन्त्रालयको विवादका कारण चालू आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन पनि प्रभावित हुने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम गरिरहेकाले त्यसको असर बजेट कार्यान्वयनमा पर्ने भएको हो ।गत आवमा पनि प्रतिस्थापन विधेयकका कारण बजेट कार्यान्वयन तीन महिना ढिलो भएको थियो । जसको असर राजस्व संकलन तथा […]

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौं, साउन २ । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवमा कार्यान्वयन सशक्त बनाउन मार्गदर्शन जारी गरेको हो । विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा आएर हतारमा कमसल काम […]

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौं । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवमा कार्यान्वयन सशक्त बनाउन मार्गदर्शन जारी गरेको हो । विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा आएर हतारमा कमसल काम गर्ने पुरानो […] The post बजेट कार्यान्वयन मार्गदर्शन जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बजेट कार्यान्वयन हुनसक्ने देखिँदैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनसक्ने खालको नरहेको बताएको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले चुनावी सरकारले ल्याएको बजेट परम्परागत र चुनाव लक्षित रहेको बताए । ‘कार्यान्वयनमा समस्या हुने देखिन्छ र विगतमा भएका गल्ती कमजोरीलाई सच्याउने प्रतिवद्धताहरु छैनन् । खासगरी खर्च गर्ने क्षमताको कसरी विकास गर्ने ? बजेट बढ्ने तर खर्च नहुने प्रवृति छ’, लिङ्देनले भने, ‘जहाँ खर्च हुनसक्छ त्यहाँ बजेट नहुने त्यो

लुम्बिनी प्रदेशमा सचिव नटिक्दा बजेट कार्यान्वयन नै फितलो

बुटवल- प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा समस्या आएको मन्त्रीहरू बताउँछन् । प्रदेशसभा गठन भएको चार वर्षमा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरूमा ५० जना […]

बजेट कार्यान्वयन गर्ने उपाय

यो बजेटलाई सहज ढंगले कार्यान्वयनमा लैजाने हो भने बजेट कार्यान्वयन गर्न समयतालिका बनाउनुपर्छ र आजैबाट विभागीय छलफलको सुरुवात गर्नुपर्छ । नेपाल सरकारका अर्थमन्त्रीले भर्खरै १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेका छन् । विशेष परिस्थितिको सरकार र सीमित स्रोतसाधनका बीचमा कोरोना कहरलाई कम गर्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको, अर्थतन्त्रको उत्थान गर्ने र देशमा […]

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार सिंहदरबारबाट पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए । The post बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल appeared first on Purbeli News.

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए ।

बजेट कार्यान्वयनमा सरकार असफल

सरकारले सुरुमा जनतालाई आकर्षित गर्न महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको देखिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल नारालाई सार्थक बनाउने दिशामा अघि बढेको ओली नेतृत्वको नेकपा सरकार बजेट कार्यान्वयन गर्न असफल भएको छ । बजेट कार्यान्वयन सरकारको सफलताको पहिलो सर्त हो । बजेट कार्यान्वयनमा असफलता हात लाग्यो भने […]