काठमाण्डाै - ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले सूचना निकालेर हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हातहतियार तथा विस्फोटक...