म्याग्दी : बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरी किसानले गरेको केराखेतीबाट वार्षिक डेढ करोडभन्दा बढी रकम भित्रिन्छ। खबराका किसानले केराखेतीबाट वार्षिक रूपमा एक करोड हुने गरेको छ भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको केरा बिक्री गर्छन्। व्यापारी घरघरमा पुगेर केरा उठाउने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्की बताउँछन्।खबराका किसानल