काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अगुवाइ र नेपाल बिजनेश इन्ष्टिच्युट (एनबिआई)सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी भएको छ । बहुपक्षीय समझदारीपत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, एनबिआईका अध्यक्ष विशाल गैरे, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसिएसन (एनएफईए)का उपाध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् । साथै डेभलपमेन्ट बैंकर्स संघ नेपाल, नेपाल वित्तीय संस्था संघ र होटेल संघ नेपाल समझदारीपत्रमा हस्ताक्षरको प्रक्रियामा रहेको सिबिफिनले बताएको छ ।
समझदारी कार्यक्रममा प्रमुख अतिथि रहेका योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले देशको आर्थिक विकासका लागि सरकार र निजीक्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । नेपाली मौलिक उत्पादनको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । गरीब, विपन्न, पिछडिएका घरपरिवारको वित्तीय पहुँच बढाउन र गाउँगाउँमा आर्थिक गतिविधि विस्तारमा यस्ता कार्यक्रमले टेवा पुर्याउने विश्वास उनले व्यक्त गरे । यसमा आयोगको सदैव साथ र सहयोग रहने उनले बताए ।
सिबिफिनका संस्थापक अध्यक्ष एवं उद्योगी पवन गोल्यानले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन सके मात्र देशको दिगो आर्थिक विकास सम्भव हुने बताए । सरकार र सम्बद्ध पक्ष नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाई कृषि उपजको निर्यातमार्फत अर्थतन्त्र बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । देश, आम उद्यमी व्यवसायी तथा जनताको हितका लागि सिबिफिनले गरेको परिकल्पनाले क्रमश: सार्थकता पाउँदै गएको उनको भनाइ छ । समग्र अर्थतन्त्रको दिगो विकासमा सिबिफिनले सहयोग र सहजीकरण गर्ने उनले बताए ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेत, गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष केसी, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष यादव, एनएफईएका उपाध्यक्ष बुढाथोकी, डेभलपमेन्ट बैंकर्स संघका कार्यकारी सदस्य कपिल ढकाल र नेपाल वित्तीय संस्था संघका महासचिव उद्धवराज थपलियालगायतले कृषि, वनपैदावार, पर्यटन, जलविद्युत्, स्थानीय लघु, घरेलु, साना तथा मझौला उद्यमी एवं उद्योग जस्ता प्रचुर सम्भावना बोकेका क्षेत्रमा लगानी विस्तार गरेर अधिकतम लाभ लिन सकिने बताए ।
सिबिफिनका अध्यक्ष पौडेलले कोभिड र रुस–युक्रेन युद्धबाट बिथोलिएको उत्पादन तथा आपूर्ति शृंखलाले विश्वमा खाद्य सुरक्षा जटिल बनाएको बताए । यस्तो अवस्थामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए । सिबिफिनले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नतिमा मात्र नभई समग्र अर्थतन्त्रको विकास र सबलीकरणमा निरन्तर कार्य गर्दै आएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । उनले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाए ।
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारीया र राजावादीहरु सडकमा आएको बताउनु भयो । विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ । शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन भन्नु भयो । नेपालमा हिन्दु […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा विचार संगोष्ठीमा उनले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको बताए । ‘पाँच दलीय गठबन्धनले यसलाई जोगाउनुपर्छ । पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘प्रदेश र संघको निर्वाचनमा मिलेर जानुको विकल्प छैन ।’ बाम गठबन्धनको कुरा राम्रो भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘केही साथीहरुले बाम
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको विरुद्वमा रहेका बताएका छन् ।
एमसीसीविरुद्व मंगलवार बुटवलमा आयोजित विरोध सभामा बोल्दै एमसीसी सम्झौता संशोधन होइन, खारेज गर्नुपर्ने बताए ।
एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको केसीले बताए । विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनविरुद्व गतिविधि चलाउने अमेरिकाको योजना विफल बनाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
नेकपा क्रान्तिकारी माओवादीका पोल...
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृति दिनबाहेकको अरु कुनै विकल्प नभएको स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्। अध्यादेशका कारण निर्वाचन नहुने र नयाँ सरकारसमेत गठन हुन नसक्ने अवस्था भएकाले अध्यादेश रोक्न नुहुने केसीले बताएका छन् । ‘निर्वाचन आयोगलाई चुनावको…