विद्यालय भवनको पुनः निर्माणको लागि घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

दमौली : ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट एक इञ्जिनीयर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी…

सम्बन्धित सामग्री

दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय महाेत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै आज बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । यसैबीच रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरव...

सडक निर्माणको सिफारिस गर्दा ७० हजार घुस लिने वडाध्यक्ष र सचिव पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष वुलन यादव र वडासचिव  अमृत नारायण मिश्र पक्राउ परेका छन् । सडक निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिबाट ७० हजार रुपैयाँ घुस लिएका वडाध्यक्ष र सचिवलाई अख्तियारले घुसमा लिएको रकमसहित पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा सबइन्जिनियर पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार घुस लिएको अभियोगमा बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट शुक्रबार पक्राउ गरिएको हो । आरोपी सबइन्जिनियर पौडेलको थप...