सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो । यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए ।स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ – ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । यी दुईबीचको दोस्ती अहिलेसम्म पनि यथाव