कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ । पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ को परीक्षण गरी ७ दिनसम्म होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् । स