संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका …