खुम्बुमा फाट्टफुट्ट देखिन थाले पर्यटक, असोजयता ३९३ भित्रिए

आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेका हुन् । जोरसल्ले चेकपोष्टको तथ्याङ्कअनुसार असोज महिनामा १७१ जना पर्यटक खुम्बु भित्रिएका छन् । जसमा १४६ नेपाली र २५ जना विदेशी पर्यटक छन् । कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । हिमाली पर्यटनमा ख्याती कमाएको त्यस क्षेत्रमा असोज र कात्तिक महिनामा मात्र ३९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् । चेक पोष्टको तथ्याङ्कअनुसार विदेशी पर्यटकको तुलनामा खुम्बु प्रवेश गर्ने नेपाली पर्यटकको संख्या बढी देखिन्छ । आन्तरिक हवाई उडान सुरु भएपछि बाह्य पर्यटक समेत खुम्बु भ्रमणमा आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो । खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरी होटल सञ्चालकलाई अभिमूखिकरण गर्ने तयारी गरिएको छ । होटल सञ्चालक अभिमूखिकरणका लागि खुम्बु पासाङल्हमू गाउँपालिकाले हरेक वडालाई चार लाखका दरले बजेटको व्यवस्थापन गरेको छ । वडाका जनप्रतिनिधिहरुले हस्पिटालिटी विज्ञ झिकाएर होटल सञ्चालकलाई अभिमूखिकरण गराउने बताइएको छ ।

सम्बन्धित सामग्री

पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना

काठमाण्डाै - देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पर्ने सम्भावना छैन । पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम  लाग्ने मौसमविद्ले बताएका छन् । ...

जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा

चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्।...

जाडो छल्न फाट्टफुट्ट नेपाल आइपुगे पर्यटक चरा

बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने […]

बन्दको प्रभावः सडकमा फाट्टफुट्ट गाडी

झापा – नेत्रविक्रम चन्द विप्लवलगायत साना वामपन्थी दलहरूले आह्वान गरेको नेपाल बन्दका क्रममा पूर्वमा फाट्टफुट्ट सवारी साधन सञ्चालन भइरहेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा एमसिसी पेश हुने संभावना बढेसंगै ती दलले एमसीसीकै विरोधमा नेपाल बन्दको आह्वान गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार काँकरभिट्टाबाट छुट्ने सार्वजनिक सवारी साधन छुटेका छन्। तर अहिले सडकमा फाट्टफुट्ट […]

रुपन्देहीमा बन्दको प्रभाव, सवारीसाधन फाट्टफुट्ट

भैरहवा, कात्तिक ३० । बन्दको असर रुपन्देहीमा पनि परेको छ । बिहानैदेखि भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरु कमै मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन कम चल्दा यात्रुहरुलाई गन्तब्यमा पुग्न असहज भएको छ । भारतबाट बेलहिया नाका हुँदै भित्रिएका यात्रुहरुसमेत मर्कामा परेका छन् । भारतबाट आएका भारतीय मालवाहक सवारीसाधन पनि आफ्नो गन्तव्यमा पुग्न […]

आज केही प्रदेशमा मेघगर्जनसहित वर्षा‚ केहीमा फाट्टफुट्ट पानी पर्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।शनिबार बिहान प्रदेश १‚ प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।दिउँसो प्रदेश १‚ प्रदेश २‚ बागमती र गण्डकी विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्ययम खालको वर्षा हुने सम्भावना छ। यीबाहेक बाँकी प्रदेशमा पनि फाट्टफुट्ट पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाक

काठमाडाैँमा सार्वजनिक सवारी फाट्टफुट्ट मात्रै

काठमाडाैँ – सरकारले दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन अनुमति दिए पनि सडकमा फाट्टफुट्ट रुपमा मात्रै गाडीहरु सञ्चालनमा आएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्। मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन […]

सुनको काराेबार काठमाण्डौ उपत्यकामा ठप्प, बाहिरी जिल्लामा फाट्टफुट्ट

काठमाण्डाै – बिस्तारै जुरमुराउँदै गरेको सुनको कारोबार फेरि थला परेको छ । २०७२ सालको भूकम्पपछि पनि सुनको कारोबार प्रायः ठप्पजस्तै भएको थियो । भूकम्पपछि सहरी क्षेत्रमा सुनको कारोबार फाट्टफुट्ट भए पनि अन्य क्षेत्रमा हुन सकेको थिएन ।  तर भूकम्प गएको तीन वर्षपछि अर्थात् २०७५ सालदेखि सुनको कारोबार बिस्तारै पुरानै लयमा फर्किन थालेको थियो । माग बढ्न थालेसँगै कारोबार पनि बढ्न थाल्यो । विस्थापित भएका सुन व्यवसायीहरू फेरि व्यवसायमा फर्किन थालेका थिए । तर २०७६ सालको अन्त्यतिर आउँदा सुनको कारोबार फेरि थला पर्‍याे । &...

सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ। आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि देशका धेरैजसो ठाउँमा भने मौसम सफा नै रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले केही दिन मौसम सफा नै रहने उहाँले बताउनुभयो ।...

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने ...